काठमाडौं । एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन अकाउन्ट ओपनिङ्ग च्यालेन्ज प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदीक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छिन् । गत जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा कुल १५८ जना योग्य सहभागी…