GBIME

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किने २ हजारसम्म छुट पाउने


बिजखबर संवाददाता
18 July, 2021 9:28 am

Sanima_Bank__Daraz_MOU

काठमाडौं ।   सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गदा विशेष छुट दिने भएको छ । यस्तो छुट बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्तालाई सपिङमा दराजले न्यूनतम १ हजार ५०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म छुट दिने भएको हो ।

Bajaj
NABIL
YAMAHA

शुक्रबार सानिमा बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रालिका डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुयालले सहमतिपत्रमा हस्ताक्षर गर्दै व्यवसायिक साझेदारीको घोषणा गरेका छन् ।
बैंक र दराज बीचको सहमतिअनुसार दराजद्वारा सञ्चालित ‘महाबचत बजार योजना’ अन्तर्गत सानिमा बैंकमा ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा सपिङ्गमा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्डको प्रयोगमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँ छुट पाउनेछन् । तर, यो योजना साउन ३ गतेदेखि ७ गतेसम्म मात्र लागू हुनेछ ।

हाल सानिमा बैंकका देशैभर कुल ८६ शाखा कार्यालय रहेका छन् भने १७ विस्तारित काउन्टर र ९५ एटिएम सञ्चालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (सपिङ्ग सेन्टर), होटेल,रेष्टुरेन्ट लगायतमा विशेष छुटको व्यवस्था गरिरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL