काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको छ । विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी बिहीबार उक्त सम्झौताको समझादारी पत्रमा हस्ताक्षर भएको हो । सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनको तर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागको तर्फबाट…