काठमाडौं । नेपालको बीमा तथा बैंकिङ क्षेत्रमा भारतको मुथुट ग्रुपले लगानी गर्ने भएको छ । नेपालमा आयोजित लगानीसम्मेलनमा बोल्दै भारतीय मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालको बीमा क्षेत्र तथा बैंकिङ क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन । उनले नेपालमा यस क्षेत्रमा प्रशस्तै सम्भावना रहेकै कारणले उक्त क्षेत्रमा लगानी गर्न आतुर रहेको जानकारी दिएका छन…