बिजखबर संवाददाता १४ जेठ, काठमाडौं । क्लिन इनर्जी डेभलपमेन्ट बैंकले आफ्नो प्रमोटर सेयरलाई साधारण सेयरमा परिवर्तन गरेको छ । बैंकको यस अघि भएको ७० प्रतिशत प्रमोटर सेयरमध्ये १९ प्रतिशत साधारण सेयरमा परिवर्तन गरेको नेप्सेलाई जानकरी दिएको छ । जसअनुसार बैंकको सेयर संरचाना प्रमोटर ५१ प्रतिशतमा झरेको छ भने साधारण सेयर ४९ प्रतिशत पुगेको छ ।…