काठमाडौं । नेपाल बैंकको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३१ दशमलव ४० प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद मुनाफामा वृद्धि भएको बताएको हो । बैंकको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म बैंकले ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो…