Logo

ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सम्झौता, सहुलियत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सम्झौता, सहुलियत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रालिबीच सम्झौता भएको छ । क्लासिक भिल्लाका ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएका हो ।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रालिका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।

laxmi

उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रालिले निमार्ण गर्ने परियोजनाको बैकिङ पार्टनरको रुपमा पनि रहने छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । हाल बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सिमित अबधिको लागि संचालन गरिरहेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL