Logo

हिमालयन बैंकले कमायो २ अर्ब ९९ करोड ८० लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

हिमालयन बैंकले कमायो २ अर्ब ९९ करोड ८० लाख नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । हिमालयन बैंकले गत आर्थिक बर्षभरी २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा खुद नाफामा १५ दशमलव ९० प्रतिशतको वृद्धिसँगै उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो । बैंकको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेपनि संचालन आम्दानी बढेका कारण नाफा बढेको देखिन्छ ।

laxmi

गत बर्षभरी बैंकको खुद ब्याज आम्दानी २१ दशमलव ४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १ दशमलव ६८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २६ दशमलव २७ प्रतिशतले बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा साढे ३० करोडबाट घटेर साढे १४ करोड पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेको छ। वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षमा १४ प्रतिशत बोनस सेयर वितरण चुक्ता पूँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ४६ पैसा बढेर २८ रुपैयाँ ६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव २५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ८७ रुपैयाँ ९४ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष १४ दशमलव ३५ प्रतिशत बढेको छ भने निक्षेप १२ दशमलव ५८ प्रतिशत र कर्जा २३ दशमलव ८९ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL