काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय परीक्षा बोर्डबीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैंयासम्म बैंकको उपभोक्ता कर्जा…