Logo

चावहिलस्थित ओम अस्पताल र एनआइसी एशिया बैंकबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालका सेवामा विशेष छुट पाउने

चावहिलस्थित ओम अस्पताल र एनआइसी एशिया बैंकबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालका सेवामा विशेष छुट पाउने



काठमाड । काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

ओम अस्पताल र एनआइसी एशिया बैंक लिमिटेडको र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार र एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० प्रतिशत छुट पाउनेछन् ।

यसैगरी, बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

ओम अस्पतालले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार देशका अधिकांश बैंकहरुसँग स्टाफ तथा ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL