Logo

नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने, सम्झौतामा हस्ताक्षर

नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने, सम्झौतामा हस्ताक्षर



काठमाडौं ।नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल बैंकसग सम्झौता गरेको छ । ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।

यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउछन् । त्यस्तै गरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउदा खुशी लागेको बताए ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, लाईट तथा मुभी टिकट बुकिंङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि ६० हजार भन्दामाथि सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिदै आएको छ । नबिल बैंकका देशभर १ सय ३५ वटा शाखा कार्यलय, १ सय ८७ एटिएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL