Logo

सिद्धार्थ बैंकको १९ औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

सिद्धार्थ बैंकको १९ औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम



काठमाडौँ । सिद्धार्थ बैंकले आफ्नो उन्नाइसौ वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

पुस ८ गते बिहीबारदेखि पुस १२ गतेसम्म भएको उक्त रक्तदान कार्यक्रममा ८५८ जनाको सहभागिता रहेको थियो । ती मध्ये ९४ महिला र ७६४ पुरुस रहेका थिए । अस्पतालमा जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको छ ।

तर, कोभिड १९ महामारीले देखिएको रगतको अभाव हटाउने कार्यमा सघाउन बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य राखेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL