काठमाडौं । नेपाल राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा भएको एक रुपैयाँको सिक्का छाप्ने भएको छ । पछिल्लो समय ३० करोड सिक्का छाप्नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएको हो । गत भदौ २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेट्न स्वीकृति…