Logo

यी १० घरेलु उपाय र आत्मबलले कोरोना संक्रमणको खतराबाट बचाउँछन् : डा. रवीन्द्र पाण्डेको टिप्स

यी १० घरेलु उपाय र आत्मबलले कोरोना संक्रमणको खतराबाट बचाउँछन् : डा. रवीन्द्र पाण्डेको टिप्स



कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घांटी – श्वासनली हुँदै फोक्सोमा पुग्दछ । फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ । उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन । त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी लागिरहन्छ ्र सुन्निएका कोषहरुलाई भाइरसले क्षति गर्दै जान्छ ।

laxmi

ती सुन्निएका तथा संक्रमित कोषको समुह ब्खिभयष् िमा संक्रमण भएपछि फोसोमा पानी तथा पीप भरिदै जान्छ । त्यसपछि श्वासप्रश्वासको प्रक्रिया अबरुद्ध हुनुको साथै अक्सिजन तथा कार्बनडाइअक्साइडको संचरणलाई क्षति गर्दछ, रोक्दछ । अक्सिजन सप्लाई अबरुद्ध भएपछि मृगौला, मुटु, मस्तिष्क लगायत अंग फेलर हुन्छन् । त्यसपछि बिरामीको मृत्यु हुन्छ ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण हरेक देशमा औषधि उपकरण, आइसीयु, भेन्टिलेटर तथा स्वास्थ्यकर्मीको चरम अभाव छ । एकैपटक सबै देशमा उही रोग फैलिएकोले एउटा देशले अर्को देशलाई सहयोग गर्न समस्या छ । यस्तो अवस्थामा हामी आफैले सतर्कता अपनाउनुको बिकल्प छैन ।

यसको लागि संक्रमण रोक्नु हाम्रो प्राथमिक दायित्व हो । संक्रमित भइयो भने त्यसलाई निमोनिया हुनबाट रोक्नु अर्को दायित्व हो । अन्तरराष्ट्रिय रुपमा अभ्यासमा आएको तथा हाम्रो पुर्बिय सभ्यता अनुसार इम्युनिटी पावर बढाउनको लागि यी उपायहरु प्रभावकारी छन् । नेपालीहरु अन्य देशका नागरिकको तुलनामा संक्रमणबाट धेरै सुरक्षित हुनाको कारण हाम्रो जीवनशैली तथा खानपिन नै हो । कोरोना संक्रमणबाट बचनको लागि तल उल्लेखित बिधिहरु अपनाउनुहोला ।

( बेसार तथा अदुवाको सेवन )

बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रकृयालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।

( नुनपानीको कुल्ला)

छिटो आराम महशुष गर्नको लागि नुनपानीको कुल्ला निकै प्रभावकारी हुन्छ । श्वासप्रश्वास मार्गमा रहेका म्युकस, पीप तथा अन्य तरल पदार्थले खोकी लाग्ने, घांटी चिलाउने तथा सास फेर्न गाह्रो हुने हुन्छ । नुनपानीले संक्रामक किटाणु नष्ट गर्ने, मृत कोष तथा तरल पदार्थलाई निकाल्ने काम गर्दछ ।

( चिया तथा कफी सेवन )

तातो चिया तथा कफी सेवनले मुड फ्रेस हुनुको साथै श्वासमार्गलाई क्लियर गर्ने काम गर्दछ । चिया तथा कफिमा पाइने क्याफिनले स्वाशनलीलाई फराकिलो गर्ने औषधिले जस्तै काम गर्दछ । जसले गर्दा सास फेर्न सजिलो हुन्छ ।

( प्रशस्त झोलिलो पदार्थको सेवन )

श्वासप्रश्वासको समस्या भएको व्यक्तिलाई पानी तथा अन्य झोलिलो पदार्थ नियमित सेवन गर्नाले शरीरमा आबश्यक पानीको मात्रा पुरा गर्दछ । यसले सुन्निने तथा फोक्सोमा पोल्ने प्रक्रियालाई निको गर्दछ । ताजा फलफुलको रस जस्तै सुन्तला, किवी, खर्बुजा आदि एन्टी अक्सिडेन्ट हुन्छन जसले हाम्रा कोषलाई पुनर्ताजगी गर्छन् ।

( मेथीको प्रयोग )

मेथीको प्रयोगले निमोनिया लगायत छालाको रोगमा फाइदा हुन्छ । मेथीमा प्रशस्त फाइबर, म्याग्नेसियम, प्रोटिन तथा म्याग्निज हुन्छ । यसले स्वाश्प्रश्वासका रोग निको गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मेथीलाई तरकारीमा राखेर वा चियाको रुपमा वा भिजाएर काँचै खान पनि सकिन्छ । मेथीको साग झन् गुणकारी हुन्छ ।

(तातोपानीको स्नान )

तातोपानीले दैनिक स्नान गर्नाले शरीरका छिद्रमा रहेका किटाणु नष्ट हुन्छन । रोमकुपमा रहेको संक्रमण निको हुन्छ । साथै तातोपानीले भिजाएको टावेलले शरीर सफा गर्नाले शरीरको तापक्रम पनि सन्तुलित हुन्छ । स्नानपछि अनुभव हुने भावले मन प्रसन्न हुन्छ ।


( तातो सुप तथा खाना )


बिभिन्न तरकारी, दाल, गेडागुडी तथा चियाकफीको सेवनले श्वासप्रश्वास सम्बन्धित समस्यामा निकै फाइदा गर्छ । यसले रुघा, खोकी, ज्वरो, छाती दुख्ने आदि समस्यामा फाइदा गर्छ । तातो तथा ताजा खाना संक्रमणरहित हुन्छ । तसर्थ प्रत्येक छाक ताजा र तातो खानु जरुरी छ ।

हर्बल टि

हर्बल चियाले रोगको संसारसंग लड्न ठूलो मद्दत गर्दछ । निमोनिया, एलर्जी तथा बिभिन्न स्वाश्प्रश्वासका रोगहरु निको गर्न हर्बल चिया चामत्कारिक मानिन्छ । हर्बल चियाले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्दछ । यसले मन तथा मस्तिष्कलाई उर्जाशील बनाउँछ ।

निमोनिया यस्तो रोग हो यसले विश्वभरमा बार्षिक ४५० मिलियन मान्छेलाई लाग्दछ ।

( प्याज, लसुन, ज्वानो, मह, टिमुर, मरिच, दालचिनी, पुदिना, धनियाँ, बोझो आदिको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यी मसलाहरूमा स्वाश्प्रश्वास मार्गलाई खुकुलो तथा क्लियर बनाउँछन् । भाइरसबिरुद्ध लड्ने इन्जाइम वृद्धि गर्दछन ।

( प्राणायाम )

स्वाश्प्रश्वासको व्यायाम अर्थात प्राणायामले नाक, मुख तथा घांटीमा रहेको अबरुद्ध हटाउंछ । यसले इम्युनिटी पावर बढाउँछ । शरीरमा रहेका टक्सिन हटाउंछ, शरीरमा प्रचुर अक्सिजन आपूर्ति गर्छ, तनाब हटाउंछ, तौल घटाउँछ, पाचन शक्ति बढाउँछ, मुटुको रोगबाट बचाउँछ ।

( सुर्यस्नान )

दैनिक ३० मिनेट घाम ताप्ने गर्दा छाला, कपाल, कपडा आदिमा भएका किटाणु नष्ट हुन्छन । घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डी ले हाड मजबुत बनाउँछ, इम्युनिटी पावर बढाउँछ ।

पर्याप्त सुत्ने, पोषिलो खाना खाने, स्वस्थ बाताबरणमा बस्ने, चुरोट नखाने लगायतका अभ्यासले श्वासप्रश्वासका रोग लाग्नबाट बचाउंछ ।

चिन्ता, तनाब, अधैर्यता, डर तथा आत्तिने बानीले रोगसंग लड्ने क्षमता घटाउँछ । तसर्थ दैनिक यति लाख संक्रमित भए वा यति व्यक्तिको मृत्यु भयो भनेर आत्तिनु आबश्यक छैन । उदाहरणको लागि १ लाख जनसंख्या भएको कुनै बस्तीमा ६० हजार व्यक्ति संक्रमित भएमा बाँकी ४० हजार व्यक्ति अटो इम्युन हुन सक्छन । अर्थात संक्रमित नभइकन रोगसँग लड्ने क्षमताको बिकास हुन्छ । ती ६० हजार संक्रमित मध्ये ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छन ।

बाँकी १५ प्रतिशतमध्ये आधा बिरामी अस्पताल भर्ना भएर सामान्य उपचारले निको हुन्छन् । बाँकी आधा संक्रमितलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने हून्छ । आईसीयूमा रहेका ती विरामी मध्ये आधा सन्चो हुन्छन् । त्यो १ लाख भएको जनसंख्यामा त्यसरी मृत्यु हुने २/३ हजार हुन सक्छन् । त्यो २/३ हजारमा अघिकांश ८० बर्ष नाघेका, किड्नीको समस्या भएका, मुटुको समस्या भएका, क्यान्सर, अंग प्रत्यारोपण गरेका, एचआईभी एड्को औषधिले काम गर्न छाडेका, श्वासप्रकासका दिर्घबिरामी तथा इम्युनोसप्रेसान्ट व्यक्ति हुनेछन् ।

त्यसैले किन डर मान्ने ? सतर्क रहौं, सुरक्षित बसौं …डाटा हेरेर डर नमानौं । त्यो क्षेत्रका ९५ प्रतिशत व्यक्तिको निधन भयो भने हामी ५ प्रतिशतमा पछौं भनेर इम्युनिटी पावरमाथि विश्वास गरौं । प्रत्येक मान्छेलाई हेर्दा उस्तै भएपनि नितान्त फरक क्षमताका हुन्छन् । त्यसैले मलाई केही हुँदैन, मेरो परिवारलाई केही हुँदैन, मेरो आफन्तलाई केही हुँदैन भनेर आत्मवल बलियो बनाऔं । आत्मबल सामु क्यान्सर त पराजित हुन्छ भने यो कोरोना भाईरस के नै लाग्ला र ?

(डाक्टर रविन्द्र पाण्डेको फेसबुकबाट साभार )

प्रतिक्रिया दिनुहोस्
MBL