Logo

महामारीमा राहत र एकद्वार प्रणाली, सरकार अनि नागरिकको उत्तरदायित्व : भोजराज बरालको बिचार

महामारीमा राहत र एकद्वार प्रणाली, सरकार अनि नागरिकको उत्तरदायित्व : भोजराज बरालको बिचार



अहिले झन्डै विश्वका प्रायः देशमा महामारीको त्रास छ, धेरैजसो देशमा आपतकालीन स्थिति समेत घोषणा गरिएको छ । यति बेला सरकार र नागरिकले आफ्नो उत्तरदायित्व प्रभावकारी ढंगले निर्बाह गरेमा समस्त प्राणी जगतकै भलो हुन जान्छ । तर कसैको लापरबाहीले सबैलाई ठूलो हानी पुग्न जान्छ । यसर्थ यो समयमा सक्ने नागरिकले नसक्ने लाई, भएकाले नभएका लाई बिना स्वार्थ मद्दत गर्ने र सरकारले भ्रष्टाचार र व्यक्तिगत वा पार्टीगत स्वार्थ त्यागेर सहि नीति अवलम्बन गरी जनतालाई सक्दो राहत दिने हो ।

laxmi

थुप्रै देशमा आपतकालिन स्थितीका लागी भनेर नीति नियम बनेका हुन्छन् (म्ष्कबकतभच ःबलबनझभलत), कतिमा तिनलाई काल्पनिक वातावरण बनाएर परीक्षण पनि गरिरहेका हुन्छन । विकसित देशले यस्ता थुप्रै काम गरेका अनुभव भए पनि त्यसले आजको स्थितिलाई सम्बोधन गर्न सकेको छैन । अन्य गरिब तथा भ्रष्ट देशले यस्तो स्थितिलाई सहज मान्ने त कुरै भएन । नेपाल सरकारले यस्ता आपतकालीन स्थिति पटक पटक ब्यहोर्दै आएको छ । यस्ता घटनाबाट कति पाठ सिकेको छ भन्ने कुरा सरकार लाई मात्र थाहा होला । तर त्यसबाट जनताले अनुभुती गर्न पाए जस्तो देखिदैन । अन्य समयमा नेपाललाई समस्या पर्दा अरु देशले मद्दत गर्थे तर अहिले सबै देशलाई समस्या परेकाले सबैलाई आफ्नै धोती स्याहार्न फुर्सद छैन । यस्तो अवस्थमा अरुलाई मद्दत गर्ने भन्ने कुरो दोश्रो प्राथमिकतामा पर्दछ ।

अहिले नेपाल सरकारले राहत कोष एक द्वार प्रणालीमार्फत सरकारले नै संचालन गर्ने भनेको छ । उक्त कोषमा सहयोग गर्नका लागि उद्योगी व्यवसायी तथा अन्य समाजसेवीलाई आब्हान गरेको छ । कतिपय स्थानीय सरकारले जनता समक्ष मद्दतका लागी अनुरोध गरेका छन् । तर सरकार र सो चलाउने मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सांसदहरु हिजोका दिनसम्म जनताले तिरेको करबाट आफ्ना सुविधाका लागी जनगुनासो लाई वास्तै नगरी करोडौंका गाडी देखि अरबौका हेलिकप्टर मात्र किनेनन यिनले गोठ देखि चर्पी उद्घाटन गर्न समेत हेलिकप्टर रिजर्भ गरे ।

निर्वाचनका बेला देखी कहिल्यै पाइला नटेकेको गाउँ आफ्नो जन्मोत्सव मनाउन थुप्रै सासंदहरु हेलिकप्टर लिएर पुगे । जनतालाई ‘गास, बास, कपास’ का लागी ’गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ’ भनेर ब्रेनवाश गरेर अन्त्यमा आफै विशिष्टहरुलाई मात्र नमरुन्जेल राजालाई झैं सुख सुविधा दिलाउने कानून बनाए, । कात्रोमा समेत नाफा खाने शैलीमा महामारीका लागी आयात गरिने सामानमा भ्रष्टाचार गरेको शङ्का देखिए पछि अन्त्यमा त्यही काम सेनालाई सुम्पन पुगे ।

हो, यो दुःखको समयमा सबै मिलेर पीडित लाई मद्दत गर्न पर्छ तर मेरो विचारमा सरकारसग नै प्रशस्त पैसा हुँदाहुँदै जनताले कर तिर्नको अतिरिक्त किन दोहोरो तिराइमा पर्ने ? यदि सरकारसँग पैसाकै अभाव छ भने तुरुन्तै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, मुख्य मन्त्री, सांसद, मेयरलगायत सबै राजनीतिकर्मीका तलब आजै देखि आधा घटाइयो । अन्य सुविधा सबै बन्द गरियोस, धनाढ्य विशिष्टका सुविधा सदाका लागी बन्द गरियोस । हरेक ओहदाधारीले पाउदै आएका घर र गाडी सुविधा काटियोस र आ–आफ्नै घरमा बसुन वा आफ्नै तलबले डेरामा बसुन, आफ्नै गाडी चढुन वा सार्वजनिक यातायात चढुन । कुनै पनि राजनीतिकर्मी, नेता वा ओहदाधारी लगायत कुनै पनि नागरिक सरकारी पैसामा विदेश उपचार गर्न नपाउने कानून बनोस ।

गत हप्तामात्र भारत सरकारले यहि कोरोनाको महामारीलाई अध्यनजर गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुको तलब ३० प्रतिशतले कट्टी गरेको छ भने सोही अनुरुपका राहतका प्याके ल्याएको छ । तर, नेपालमा भने सांसदहरु संसद विकास कोषमै जुँगाको लडाई गर्दै आएका छन् । जुन कोषको न पारदर्शी खर्च प्रणाली नै छ न त सहि सदुपयोग गरेर कुनै ठोस काम नै भएको छ । यदि सरकारले जनताको हित चाहने हो भने सांसद विकास कोषलाई तत्काल खारेज गरे कोरनाबाट जनतालाई सुरक्षित राख्न कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नु जरुरी छ । हो यति गरेर सरकारले मितव्ययिता देखाओस अनि मात्र जनता समक्ष सहयोगका लागी हात थाप्न मिल्छ ।

सरकारले यति कुरा कानून बनाएर अवलम्बन गरोस् म तुरुन्तै मेरो गच्छे अनुसारको सहयोग गर्नेछु । नत्र मैले दुःख गरेर काटेर जोगाएको, कर तिरेर बचेको रकम तपाईंहरूलाई हेलिकप्टर चढ्न, विदेश उपचार गर्न, खादामाला लगाएर चर्पी र गोठ उद्धघाटन गर्न, पाँच मिनेट हिडे पुग्ने दूरी करोडौंको गाडीमा स्कटिङ गरेर पुग्न, तारे होटेलमा सेमिनार गर्न र बालुवाटारमा घडेरी किन्न किन सहयोग गर्ने ? बरु आफ्नै छर छिमेक र नजर भित्र परेका पीडितलाई सोझै मद्दत गरौंला नि ! देशको कानून चाहिँ वेस्टमिनिस्टरबाट भित्र्याउने तर काम गराइ चाहिँ नाइजेरिया आदि बाट, त्यो त भएन । पहिला सरकारले आफ्नो उत्तरदायित्व पारदर्शी तरिकाले निभाओस अनि जनतालाई पनि त्यसै गर्न भनोस, कि तपाईं के भन्नु हुन्छ ? दूरी राख्नुस, सुरक्षित रहनुस ! शुभ दिन ! शुभकामना !

(बराल लन्डनस्थित अन्तरराष्ट्रिय इन्भेस्टमेन्ट बैंकिङ्ग क्षेत्रको सुशासन, चेन्ज म्यानेजमेन्ट र इन्फर्मेसन सेक्युरिटी कन्सल्टेन्ट हुन)

प्रतिक्रिया दिनुहोस्
MBL