Logo

३३ प्रतिशत कर तिर्ने चलचित्र उद्योग किन उपेक्षित ? नकिम उद्दिनको विचार

३३ प्रतिशत कर तिर्ने चलचित्र उद्योग किन उपेक्षित ? नकिम उद्दिनको विचार



नेपाली चलचित्र उद्योग परम्परागत ढर्राबाट उठेको धेरै भएको छैन । चलचित्र उद्योगमा आधुनिक प्रविधिको प्रयोग गरेर आकर्षक बनाउने प्रयास सन् २००६ तिरबाट शुरु भयो । चलचित्र हल (सिनेमा घर)लाई अत्याधुनिक नबनाएसम्म यसको समुचित विकास हुँदैन भन्ने हेतुका साथ त्यसबेला डिजिटलाईजेशनको काम थालिएको थियो । हलहरुको आधुनिकीकरणसँगै सन् २०१० पछि यसको विस्तार र विकास व्यापकरुपमा भइरहेको थियो । यस क्षेत्रले ठूलो फड्को मारिसकेको थियो । तर कोभिड–१९ले समग्र चलचित्र उद्योग र चलचित्र हललाई ठूलो धक्का दियो । यो क्षेत्र करीब एक वर्ष ठप्प भयो । अन्य क्षेत्र क्रमशः पुनरुत्थानमा लागेका छन् तर यो क्षेत्र अझै उठ्न सकेको छैन ।

क्यूएफएक्स – ट्रेण्ड सेटर

हामी क्यूएफएक्सका रुपमा चलचित्र व्यवसायमा छिरेको करीब २० वर्ष हुन लाग्यो । सन् २००२ जुन÷जुलाईमा जय नेपाल हलको पुनर्निर्माण गरी हामी यो व्यवसायमा लागेका हौं । त्यसयता निरन्तर मूख्य व्यवसायका रुपमा चलचित्रलाई मानेर हामी अगाडि बढिरहेका छौं । सन् २००२ तिर मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । यसको प्रभाव चलचित्र उद्योगमा प्रत्यक्ष परेको थियो । द्वन्द्व सकिंदा देशभर मात्र १ सय हल सञ्चालनमा थिए । जबकि त्यसअघि देशभर ४ सय हल निर्वाध सञ्चालनमा थिए । द्वन्द्वले बाँकी हल घडेरीको रुपमा बिक्री भए ।

जय नेपालबाट शुरु गरेको हाम्रो यात्रा भने कुमारी हुँदै अगाडी बढ्यो । अनेक कठिनाईका वावजुद हामीले यो व्यवसायलाई निरन्तरता दिइरहेका छौं । तर चलचित्र उद्योग परम्परागत रुपमा लामो समय जान सक्दैन भन्नेमा हामी निश्चिन्त थियौं त्यसैले सूचना प्रविधिको विकाससँगै चलचित्र उद्योगलाई पनि अत्याधुनिक प्रविधिमै लैजानु पर्छ भन्ने महसुश हामीले गरेका थियौं ।

सन् २००६ मा शुरु गरेर सन् २०१० बाट नेपालभरी नै हलहरुमा अत्याधुनिक प्रविधि जडानको काम भयो । देशभरका सबै हललाई डिजिटलमा रुपान्तरण गर्न मात्र हामीलाई ४ वर्ष लागेको थियो । यो बीचमा भारतले मल्टीप्लेक्स कन्सेप्टलाई प्राथमिकता दिन आय कर छूटदेखि भन्सार मूल्यमा समेत सहुलियत दिने काम गरेको थियो । यस्तो नीति नेपालमा पनि लागु गर्नुपर्छ भनेर हामीले पनि प्रयास गर्याैं । किनकी यसले व्यवसायीलाई अत्याधुनिक प्रविधिमा लाग्न प्रेरित गर्नेवाला थियो । धेरै लबिङ गरेपछि नेपालमा पनि सरकारले भन्सार महसुलमा केही छूट दियो । आयकरमा ५ वर्ष छूट दिनुपर्ने माग भने सम्बोधन हुन सकेन । यद्यपि भन्सारमा मात्र थोरै छूट दिँदा पनि व्यवसायीलाई ठूलो राहत भयो । अहिले नेपालभर करीव २ सय वटा मल्टीप्लेक्स हल बनिसकेका छन् । यो ठूलो उपलब्धी हो ।

कुनै बेला २०\२५ लाख रुपैयाँमा चलचित्र बनाएर २ करोड रुपैयाँको व्यापार भयो भने निकै सफल भएको मानिन्थ्यो । आजको दिनमा एउटा सामान्य फिल्म बनाउँदा पनि २ करोड रुपैयाँ लाग्छ । छक्का पन्जाजस्तै सफल भयो भने २० करोड रुपैयाँको व्यापार पनि गर्छ ।

कुनै बेला २०\२५ लाख रुपैयाँमा चलचित्र बनाएर २ करोड रुपैयाँको व्यापार भयो भने निकै सफल भएको मानिन्थ्यो । आजको दिनमा एउटा सामान्य फिल्म बनाउँदा पनि २ करोड रुपैयाँ लाग्छ । छक्का पन्जाजस्तै सफल भयो भने २० करोड रुपैयाँको व्यापार पनि गर्छ । यसो हुनुमा प्रविधि र यो उद्योगमा आएको लगानीकै भूमिका रहेको छ ।

कोभिडको कहर

चलचित्र क्षेत्रले पछिल्ला अढाई दशकयता निरन्तर समस्या भोग्नु परेको छ । तत्कालीन माओवादी द्वन्द्वबाट माथि उठ्ने क्रममा थियौं, भूकम्प आयो । भूकम्पले धेरै नै नोक्सानी ग¥यो । तर, भूकम्पको नोक्सानी भौतिक रुपमा थियो । त्यसलाई सुधार गर्नासाथ व्यवसाय पुनः सामान्य अवस्थामा फर्कियो । भुकम्पबाट तंग्रिएर चलचित्र उद्योगले राम्रो लय समातिसकेको थियो । त्यसैवीचमा कोभिड महामारी आयो ।

नेपालमा हल खुलेको करीब एक महिना भयो । तर मानिसहरुलाई हलसम्म जान हिच्किचाइरहेका छन् । खुलेका हलमा पनि पूर्ण क्षमतामा दर्शक राख्न पाइएको छैन ।

कोरोनाले एक वर्ष हल पूर्णरुपमा बन्द गरेर राख्नु पर्याे। यो दीर्घकालीन असर गर्ने खालको संकट हो । लकडाउन र निषेधाज्ञा हटेसँगै हलहरु पनि खोल्ने निर्णय भयो । नेपालमा हल खुलेको करीब एक महिना भयो । तर मानिसहरुलाई हलसम्म जान हिच्किचाइरहेका छन् । खुलेका हलमा पनि पूर्ण क्षमतामा दर्शक राख्न पाइएको छैन । अर्कोतर्फ हल खुल्दैमा व्यवसाय अगाडि बढिहाल्छ भन्ने पनि छैन किनकी राम्रो राम्रो फिल्महरु सहज अवस्था कुरेरै बसेका छन् । उनीहरुले यो कठिन परिस्थितिमा फिल्म रिलिज गर्नेवाला छैनन् । हाम्रोमा बलिउड, हलिउड र नेपाली सबै फिल्म आउँछन् । तर दर्शकले क्वालिटी हेर्ने गर्छ ।

आजको दिनमा नयाँ फिल्म ल्याउन हिच्किचाउनुका कारण कोरोनाको दोस्रो लहर पनि हो । अमेरिकामा खोप अभियान जति तिब्र छ, त्यति नै मानिसहरुमा संक्रमण पनि बढ्दैछ । ब्राजिल र भारतमा झन भयाभह छ भन्ने सुनिन्छ । नेपालमा पनि सरकारले सचेत हुन चेतावनी जारी गरिरहेको छ । यो अवस्थामा निर्माताले राम्रो फिल्म हलसम्म कहिले ल्याउला ? यो अन्यौल अझै बढ्ने निश्चित भएको छ ।

राज्यको उदासिनता

एक वर्षभन्दा लामो समय बन्द गरेर अनिश्चितताका बीच खुलेका हलहरुलाई राज्यले के ग¥यो ? त्यो अनुभूति हामीले गर्न पाएकै छैनौं । महामारीले नेपाल सबैभन्दा बढी प्रभावित पारेको पर्यटन र चलचित्र व्यवसाय नै हो । तर यी दुई व्यवसायमा पनि सरकारले विभेद गरेको छ । पर्यटन व्यवसायीलाई उनीहरुको माग अनुसार धेरै सुविधा दिएको छ । तर, चलचित्र व्यवसायीलाई हेरेको छैन । जबकी अहिले चलचित्र व्यवसायले मात्र करीव १ लाख मानिसलाई रोजगारी प्रदान गरेको छ । यो रोजगारीले त पक्कै पनि राज्यलाई सहयोग गरेको छ । यति हुँदाहुँदै पनि सरकारले यसमा गम्भीरता देखाएन ।

आगामी बजेटबाट आशा

सरकार अहिले बजेटको तयारीमा छ । हामीले चलचित्र व्यवसायको पीडाबारे अर्थमन्त्रीज्यूलाई जानकारी पनि गराएका छौं । यसमा हामीले चाहेको एक मात्र विषय चलचित्र क्षेत्र कोरोनाबाट सबैभन्दा प्रभावित हो भनेर मानिदिए पुग्छ । यो स्वीकार गरेमा अन्य उद्योगले पाएसरह हामीले पनि सहुलियत पाउने थियौं । यसबीचमा कर्जाको पुनर्तालिकीकरण होस वा सहुलियतपूर्ण कर्जा होस, त्यसमा सरकारले राखेका शर्तकै कारण धेरै व्यवसायी यो सुविधा लिनबाट बञ्चित छन् । विगत दुई वर्षदेखि नयाँ सिनेमा हल खोल्दा आवश्यक उपकरणको आयातमा लाग्ने कर छूटको सुविधा पनि हटेको छ । यसले त व्यवसायीलाई झन पीडा थपिदिएको छ । एक वर्ष हल बन्द भएको छ । तर सरकारलाई हामीले विद्युतको डिमाण्ड चार्ज तिर्नुपर्छ । यो त अन्याय भयो नी । यो सबै विषय यस पटक पनि अर्थमन्त्रीसम्म पु¥याएका छौं ।

यो उद्योगमा मूल्य अभिवृद्धि कर लगाउने अन्य कर नलगाउने भनिएको थियो । तर अनेक शीर्षकमा अहिले पनि कर लगाइएको छ । भ्याटसँगै विदेशी फिल्म देखाएवापत चलचित्र विकास शुल्क भनेर १५ प्रतिशत छुट्टै कर असुल गरिन्छ ।

सरकारले नेपालभर मल्टिप्लेक्स खुलोस् र चलचित्र उद्योगको बिस्तार होस भन्ने चाहन्छ भने विगतदेखि पाइरहेका छूटहरुलाई निरन्तरता दिनुपर्छ । यो उद्योगमा मूल्य अभिवृद्धि कर लगाउने अन्य कर नलगाउने भनिएको थियो । तर अनेक शीर्षकमा अहिले पनि कर लगाइएको छ । भ्याटसँगै विदेशी फिल्म देखाएवापत चलचित्र विकास शुल्क भनेर १५ प्रतिशत छुट्टै कर असुल गरिन्छ । अहिले प्रदेश सरकारले ५ प्रतिशत कर उठाउन थालेको छ । के यो सबै लूटको धन हो र ? सबैलाई सबैतिर कर बुझाउँदै हिंड्नु पर्ने । अहिले पनि हामीले ३३ प्रतिशत कर तिरिरहेका छौं । यो विषयलाई हामीले उद्योग वाणिज्य महासंघदेखि अनेक माध्यमबाट सरकारसम्म पु¥याएका छौं । तर हाम्रो माग सम्बोधन हुन सकेको छैन । आगामी बजेटले यी यावत समस्यालाई सम्बोधन गर्ने छ भन्ने हाम्रो आशा छ ।

अनुमान गर्नै नसक्ने क्षति

चलचित्र उद्योगमा एक वर्षसम्म कति क्षति भयो होला भन्ने अनुमान नै गर्न गाह्रो छ । राम्रो फिल्म एउटैले २० करोड कमाउनु सामान्य भइसकेको अवस्थामा एक वर्षको अवधि हाम्रा लागि खेरै गयो । यसले यो उद्योगमा गहिरो असर पारेको छ । अर्कोतर्फ कर्मचारीलाई यो पेशामा टिकाइराख्न चूनौति छ । हाम्रो क्यूएफएक्समा मात्र करीब ४ सय कर्मचारी छन् । उनीहरुलाई हामीले लकडाउनको पहिलो ३ महिना त तलब दिन सक्यौं । त्यसपछि हामीले उहाँहरुलाई बेतलवी बिदामा पठाउनु प¥यो । यसरी बिदामा पठाएको पनि ७/८ महिनापछि मात्र हल खुल्यो । यसले जनशक्ति पलायनको जोखिम हामीसँग छ ।

सरकारले ५० प्रतिशत मात्र क्षमतामा हल चलाउन भनेको छ । मानिसहरु हलसम्म जान थालेकै छैनन् । यो अवस्थामा तीन वटा पर्दा छ भने एउटा मात्र पर्दा खोल्दा पनि हुने अवस्था छ । त्यसकारण संकट अझ गहिरो बन्दै गएको छ । अहिले एक चौथाई कर्मचारीलाई समेत हामीले बोलाउन सकेका छैनौं । तर जतिसुकै बन्द भए पनि केही कर्मचारी त हलमा हरेक दिन आउनु पर्छ । नियमित मर्मत सम्भारको काम हुन्छ । हल भएको घर आफ्नो हुँदैन, यसको भाडा तिर्नुपर्छ । त्यसकारण समस्या गहिरो छ ।

लकडाउन शुरु हुनु अगाडी क्यूएफएक्सले मात्र भाटभटेनीमा तीन वटा नयाँ हल खोलेको थियो । भक्तपुर, बुटवल र बिराटनगरमा यी हल भर्खरै खुलेका थिए । त्यसबेला एउटा परियोजना वीरगन्जमा जारी थियो । डिसेम्बरबाट यो हल रहेको भवनको काम सकिएपछि एक सातादेखि हामीले पनि हलको काम शुरु गरेका छौं । स्काईलाइन मलमा हामीले हल खोल्दैछौं । दमौलीमा पनि हलको काम भइरहेको छ । हामी सम्भावना भएको क्षेत्रमा लगानी रोक्न पनि सक्दैनौं । त्यसैले हामी छिट्टै परिस्थिति सहज हुने अपेक्षामा छौं ।

हलमा आउन चाहन्छन् दर्शक

लकडाउनपछि नेपालमा लागेको ‘लप्पन छप्पन २’ फिल्म रिलिजको मिति शिवरात्री परेको थियो । मानिसहरु लामो समय घरमै बसेको र घुमफिरको मौका नपाएका कारण पनि यो फिल्मले हलमा राम्रै संख्यामा दर्शक पाउन सफल भयो । कुनै न कुनै हलमा ५० प्रतिशत खुला गर्न पाउने सीट भरिएको खबर आएको छ । यसले हामीलाई केही हौसला दिएको छ । राम्रो फिल्म आयो भने चल्छ भन्ने सन्देश दिएको छ । वास्तवमा सुस्त रहेको नेपाली चलचित्र बजारलाई तताउने भनेको ठूलो ब्राण्डले नै हो । कि ठूलो हिन्दी फिल्म आउनु पर्छ, कि ठूलो नेपाली फिल्म । त्यो अवस्था अझै आइसकेको छैन । अहिले पनि हामी पर्ख र हेरको अवस्थामा छौं । अपेक्षा छ,समस्या छिट्टै समाधान हुन्छ ।

फिल्म आयो भने क्लब जान मिल्ने, हल जान नमिल्ने भन्ने त पक्कै हुँदैन । अझ सिनेमा हल बढी सुरक्षित हुन्छ । सामाजिक दूरी, मास्कका नियम यहाँ छन् । विश्व स्वास्थ्य संगठनका सबै नियम हामी पालना गर्छौं ।

हामी देख्न सक्छौं, राजधानीमा रहेका क्लबहरुले पर्याप्त मात्रामा युवा आकर्षित गरिरहेका छन् । महामारीकै बीचमा पनि उनीहरुले राम्रो कमाई गरिरहेका छन् । एलओडी होस वा प्लाटिनियम, सिनेट नै होस सबै क्लबले हजारौं मानिसहरुलाई राखेर पार्टी गरिरहेका छन् । सबै प्याक भएर पार्टी गरेर गरिरहेको सन्दर्भबाट हामी पनि उत्साहित हुन सक्ने आधार छ । किनकी त्यही उमेर समुहको युवाले नै चलचित्र पनि हेर्ने हो । जो क्लब गएको छ, उही फिल्म हलमा आउँछ । यसमा थप परिवारको सदस्य पनि आउँछ । त्यसकारण फिल्म आयो भने क्लब जान मिल्ने, हल जान नमिल्ने भन्ने त पक्कै हुँदैन । अझ सिनेमा हल बढी सुरक्षित हुन्छ । सामाजिक दूरी, मास्कका नियम यहाँ छन् । विश्व स्वास्थ्य संगठनका सबै नियम हामी पालना गर्छौं । हरेक शो पछि हल पूर्ण स्यानिटाइज हुन्छ ।

अनलाइन माध्यमको चूनौति

पछिल्लो एक वर्षमा घरमा बसेर मानिसले फिल्म हे¥यो तर उनीहरुले नयाँ फिल्म हेर्न पाएनन् । किनकी एउटा पनि राम्रो निर्माताले युट्युव होस वा अन्य माध्यममा फिल्म ल्याउन चाहेन । यो किन होला ? किनकी राम्रो फिल्म दर्शकले हलमै गएर हेर्न चाहन्छ । फिल्म हेर्नु भनेको केवल कथावस्तुका लागि मात्र होइन । यो एउटा मनोरन्जनको माध्यम पनि हो जसलाई हलमा प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।

यहाँको वातावरण, आवाज, दृष्य सबैलाई एकसाथ हेरेर पाइने मनोरञ्जन त्यो सानो मोवाइल वा अर्को डिभाइसबाट पक्कै प्राप्त हुँदैन । त्यसकारण अहिले पनि दर्शकले फिल्म कुरेरै बसेका छन् । हलमा कथावस्तुअनुसारको दर्शकको प्रतिक्रिया, हलमा टिकट काट्ने, पपकर्न किन्ने देखिका गतिविधिमा सहभागी भई लिने अनुभव पक्कै पनि घरमा प्राप्त हुँदैन । हलको विकल्प अहिले पनि छैन । यति अनलाइन माध्यमले विकल्प दिने भए अमेरिका, चीन र भारतका लाखौं सिनेमा हल आज बन्द भइसकेका हुन्थे । तर, अवस्था त्यस्तो छैन । सबैले सिनेमा कुरेरै बसेको छ । नेपालजस्ता मुलुकमा भने यो व्यवसायलाई टिकाइराख्न सरकारले पनि पहल गर्नुपर्छ । किनकी यहाँ विदेशको तुलनामा आधार कमजोर हुने गर्छ । नकिम उद्दिन क्यूएफएक्सका संचालक हुन् । चेम्बर स्मारिका २०७७ बाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL