Logo

छिमेक लघुवित्तले गर्यो २९ प्रतिशत लाभांश दिने घोषणा, २२ प्रतिशत बोनस शेयर

छिमेक लघुवित्तले गर्यो २९ प्रतिशत लाभांश दिने घोषणा, २२ प्रतिशत बोनस शेयर



काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपियाँ छ । 

laxmi

बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव दिलिपकुमार श्रेष्ठले बताउनु भएको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL