Logo

स्वरोजगार लघुवित्तले गर्यो लाभांश प्रस्ताव, सेयरधनीले १३ प्रतिशत बोनस सेयर पाउने

स्वरोजगार लघुवित्तले गर्यो लाभांश प्रस्ताव, सेयरधनीले १३ प्रतिशत बोनस सेयर पाउने



काठमाडौं । स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६–०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

laxmi

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल १३.९७१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जसमध्ये १३.२७३ प्रतिशत बोन सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि शून्य दशमलव ६९८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामाी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL