Logo

यसरी हुने भयो समता र घरेलु लघुवित्तबीच मर्जर, दुबै लघुवित्तका अध्यक्षले गरे मर्जर सम्झौतामा हस्ताक्षर

यसरी हुने भयो समता र घरेलु लघुवित्तबीच मर्जर, दुबै लघुवित्तका अध्यक्षले गरे मर्जर सम्झौतामा हस्ताक्षर



काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाहरुममा पनि मर्जरको लहर चलेको छ । यसैक्रममा समता लघुवित्त वित्तीय संस्था लिमिटेडसँग घरेलु लघुवित्त वित्तीय संस्था गाभिने भएको छ ।

सोमबार आयोजित एक समारोहका बीच समताको तर्फबाट संचालक समितिको अध्यक्ष डम्मरमणि थेवे लिम्वु र घरेलु लघुवित्तको तर्फबाट संचालक समिति अध्यक्ष आङ्ग देण्डी शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पछि बन्ने संस्थाको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था हुने र केन्द्रीय कार्यालय बनेपा रहने गरी सम्झौता गरिएको बताइएको छ । स्वाप रेसियो डिडिएमार्फत अन्तिम निर्धारण गर्ने भएता पनि हाललाई १००ः८० कायम हुने गरी यी दुई वित्तीय संस्था बीच आपसमा गाभ्ने गाभिने (मर्जर) विषयमा सम्झौता भएको हो । मर्जर पश्चात् वित्तीय संस्थाको कूल चुक्ता पुँजी २६ करोड १४ लाख रुपैयाँ हुनेछ ।

हाल समता लघुवित्तको चुक्ता पुँजी १९ करोड ११ लाख रुपैयाँ रहेको छ । २४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३७ हजार ग्राहक सदस्यहरुलाई लघुवित्तीय सेवा दिँदै आइरहेको यस वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म कर्जा लगानी १ अर्व ६६ करोड रुपैयाँ गरेको छ । निक्षेप संकलन ६३ करोड ८९ लाख रुपैयाँ छ । उक्त अवधि सम्मको कुल आम्दानी ५ करोड ३१लाख रहेको वित्तीय विवरण प्रकाशन समेत गरेको छ ।

उता घरेलु लघुवित्तको चुक्ता पुँजी ७ करोड ३ लाख रुपैयाँ रहेको छ । १३ वटा शाखा तथा ६ हजार सदस्य रहेको घरेलुले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म कर्जा लगानी २१ करोड १७ लाख रुपैयाँ गरेको छ भने निक्षेप संकलन ४ करोड ३५ लाख रुपैयाँ गरेको छ । उक्तअवधि सम्म कुल आम्दानी ५९ हजार रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL