Logo

एनआईसी एशिया लघुवित्तको नाफामा छलाङ, प्रतिशेयर आम्दानी ३२.७५ रुपैयाँ पुग्यो

एनआईसी एशिया लघुवित्तको नाफामा छलाङ, प्रतिशेयर आम्दानी ३२.७५ रुपैयाँ पुग्यो



काठमाडौं । एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा संस्थाले १२ करोड २७ लाख ८४ हजार खुद नाफा आर्जन गरेको थियो । गत बर्षको यस अवधिको तुलनामा खुद नाफा २४७ प्रतिशतले बढेको हो ।

laxmi

संस्थाले यस अवधिमा ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरी ६२ करोड ४० लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो गत आवको यस अवधिको तुलनामा चालु आवमा खुद व्याज आम्दानी २४२.९४ प्रतिशतले बढेको हो ।

संस्थाको यस अवधिमा चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ । चालु आवको यस अवधिमा चुक्ता पूँजी ७३.१६ प्रतिशत, जगेडा कोष २४९.५७ प्रतिशत, निक्षेप १७२.८२ प्रतिशत, सापटी १४४.२३ प्रतिशतले बढेको छ । यस्तै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४२.९४ प्रतिशत, सञ्चालन नाफा २२०.१८ प्रतिशतले बढेको छ ।

संस्थाको यस अवधिमा निक्षेप संकलन २ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ, १३ अर्ब ६९ करोड १७ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको जगेडा कोषमा ७९ करोड ५३ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३२.७५ रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीको इपिएस १६.२९ रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर नेटवर्थ १४५.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१.८८ गुणा, कोषको लागत ५.४८ प्रतिशत र खराब कर्जा अनुपात १.४९ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL