Logo

समस्याग्रस्त अरुण फाइनान्स आईएमइ समुहले किन्यो, संस्थापक शेयर किन्ने तयारी

समस्याग्रस्त अरुण फाइनान्स आईएमइ समुहले किन्यो, संस्थापक शेयर किन्ने तयारी


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

२ असोज, काठमाडौं । आइएमई समूहले समस्याग्रस्त अरूण फाइनान्स खरिद गरेको छ । समूहले धरानको समस्याग्रस्त अरुण फाईनान्सको बहुमत सेयर आइएमइ समूहको सहायक कम्पनी हाथवे इन्भेष्टमेन्टले किनेको हो ।

१५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कालो सूचीमा नरहेको ४ लाख १३ हजार कित्ता शेयर दोस्रो बजारबाट हाथवेले किनेको बताइएको छ । हाथवेले सबै संस्थापक शेयर पनि खरिद गर्ने सम्झौता भएको भए पनि संचालकहरु कालो सूचीमा रहेकाले तत्काल नकिन्ने बताइएको छ ।

अरुणमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको हिस्सा छ । हाथवेले ८ लाख ९४ हजार कित्ता नै संस्थापक शेयर किन्ने तयारी गरेको छ । आइएमइ समुहले समस्याग्रस्त अवस्थामा रहेको एनबी इन्स्योरेन्स करिव १ बर्ष अघि किनेको थियो ।

राष्ट्र बैंकको निरीक्षणमा फाइनान्सको पुँजीकोष १९ प्रतिशत भन्दा बढीले ऋणात्मक रहेको छ । त्यस्तै निस्क्रिय कर्जा अनुपात ८० प्रतिशत नाघेको, कर्जा केन्द्रिकरण जोखिम उच्च रहेको र चुक्ता पूँजी तोकिए अनुसार कायम नगरेको देखिएपछि समस्याग्रस्त घोषणा गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL