Logo

एकीकृत साकोस प्रणाली लागू गर्दै साकोस, लेखा पद्धतिलाई प्रभावकारी बनाइदै

एकीकृत साकोस प्रणाली लागू गर्दै साकोस, लेखा पद्धतिलाई प्रभावकारी बनाइदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३० साउन,काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले आफ्ना सदस्य संघसंस्थाहरुमा एकीकृत साकोस प्रणाली र लेखामान लागू गर्ने भएको छ ।

नेफ्स्कूनले अर्थ मन्त्रालय, कानून मन्त्रालय, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सहकारी विभाग, नेपाल राष्ट्र बैंकलगायत र नेफ्स्कून प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै नेफ्स्कूनका कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी सुशासन, अनुशासन र व्यवस्थापनका लागि नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणामा नीति, विधि, प्रविधि र शैली मुलुकभर एउटै स्वरुपमा सञ्चालन गर्ने तयारी भईरहेको बताए । साथै छिट्टै लेखामान, साइनबोर्ड, रङ्ग र लेटरप्याड आदिबाट एकीकृत साकोस प्रणाली लागु गर्ने जानकारी गराए ।

सहकारीहरुको लेखा कोड र फम्र्याट प्रस्तुत गर्दै आइक्यानका एफ्सिए सुमन डंगोलले वित्तिय सहकारीहरुलाई नियमन गर्नका लागि लेखा पद्धतिलाई प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे ।

कार्यक्रममा सहकारी संघका अध्यक्ष एवम् संविधानसभा सदस्य केशव बडालले तत्काल सहकारी ऐन ल्याएर सहकारीका अवसर र चुनौतिको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL