Logo

मञ्जुश्री फाइनान्सको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न, वोनश शेयर तथा नगद लाभांश पारित

मञ्जुश्री फाइनान्सको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न, वोनश शेयर तथा नगद लाभांश पारित



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले आव. २०७५÷०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ ।

laxmi

संस्थाको यस अघिसम्मको चुक्ता पूँजी रु. ८० करोड ४० लाख ६० हजार २ सय १० रहेको छ । यस फाइनान्सको पौष मसान्त सम्म रु. ७ अर्ब ७० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ ।

संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL