Logo

५८औं सहकारी दिवस सम्पन्न, सिमरा महिला उत्कृष्ट सहकारी

५८औं सहकारी दिवस सम्पन्न, सिमरा महिला उत्कृष्ट सहकारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२० चैत,काठमाडौं । बारामा शुक्रवार विभिन्न कार्यक्रम गरी ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । कलैयामा जिल्लाभरका सहकारीकर्मीहरुले वृहत वृहत ¥याली र सभा आयोजना गरेका छन । आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने मूलनारासहित डिभिजन सहकारी कार्यालयबाट आफनो व्यानर र पहिचानसहित निस्किएको सहकारीकर्मीहरुले बजार परिक्रमा गरी पुनः डिभिजन सहकारीमा आएर सहकारी सभा गरेका थिए ।

सहकारीसभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानको सुद्धीकरण र गुणात्मक विकासका लागि सहकारीकर्मीहरु जिम्मेवार हुनुपर्ने बताए ।
सहकारीहरुले सिर्जना गरेको संगठन, पूंजी र सम्भावनालाई राष्ट्रिय समृद्धिसंग जोडन र सहकारी क्षेत्रका सुशासनका लागि सहकारी ऐन २०४८ को परिमार्जन, छुटै बचत तथा ऋण सहकारी ऐनको व्यवस्था गर्न र सहकारी नीतिको व्यवहारिक कार्यान्वयन गर्न मांग गरे ।

सहकारी क्षेत्रबाटै सहकारीको सिद्धान्त र भावनालाई दुरुपयोग गर्ने प्रवृति र जोखिमहरु देखा परेको भन्दै सहकारीकर्मीहरुलाई सुशासित र पारदर्शी भई काम गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्वमन्त्री एवम् दलित बहुद्धेश्यीय सहकारीका अध्यक्ष कलावती पासवानले जिल्लामा सुशासन र पारदर्शिता हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै त्यसका लागि सम्वद्ध निकायहरु जिम्मेवार हुनुपर्ने बताए ।

सहकारी सभामा यस वर्षको उत्कृष्ट सहकारी संस्थाको रुपमा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरिएको छ । त्यसैगरी उत्कृष्ट सहकारी सञ्चालकहरु बरदान बचत तथा ऋण सहकारी संस्थाका मदन चौरसिया र सहकारी संस्था लिमिटेडका श्यामबाबु शर्मा, साना किसान कृषि सहकारी संस्था ईनर्वासिराका सुशिलादेवी चौधरी, उत्कृष्ट कर्मचारी गोपाल खपांगीलाई सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून सञ्चालक कृष्ण पौडेल र डिभिजन सहकारी प्रमुख कुलोत्तम पोखरेलले उनीहरुलाई सम्मानित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL