Logo

समृद्धि फाइनान्स र व्यवसायीबीच अन्तरक्रिया, वित्तीय क्षेत्रका चुनौतीबारे छलफल

समृद्धि फाइनान्स र व्यवसायीबीच अन्तरक्रिया, वित्तीय क्षेत्रका चुनौतीबारे छलफल



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले खरेन्द्रपुर शाखा, मधुवन शाखा र औराही शाखामा कार्यक्रम सम्पन्न गरेको हो ।

laxmi

व्यापार व्यवसायमा संलग्न व्यवसायीहरू र बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तीय परामर्शको साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्नेसम्बन्धी अन्तरक्रिया गर्दै व्यवसायीहरुसँँग अझ प्रगाढ सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको थियो ।

खरेन्द्रपुर शाखाबाट २० जना, मधुवन शाखाबाट १९ जना र औराही शाखाबाट २२ जना व्यवसायीहरूले आफ्नो सहभागिता जनाई संस्थाको निक्षेप, चल्ती र मुद्दती खाता, कर्जा वितरण तथा विद्युतीय बैंकिङ सुविधाको जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय क्षेत्रमा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको हो । साथै व्यवसायीहरूले व्यवसाय प्रवद्धर्नका लागि फाइनान्सको मुख्य भूमिका रहने बताए ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्युआर कोड जस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL