Logo

इन्टरनेसनल डेभलपमेन्ट बैङ्क सातौं वर्षमा,भूकम्प प्रभावित विद्यालयलाई सहयोग

इन्टरनेसनल डेभलपमेन्ट बैङ्क सातौं वर्षमा,भूकम्प प्रभावित विद्यालयलाई सहयोग


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२० भदौ,काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैङ्क स्थपनाको सातौं बर्षमा प्रवेश गरेको छ । आफ्नो छैंटौं वर्ष पुरा गरेको अवसरमा बैंकले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

त्यस्तै  महाभुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको कटार्चे गा.वि.स. वडा नं.१ स्याउले स्थित मंगला भैरव प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई १०० थान अध्ययन सामाग्री सहितका स्कुल झोलाहरु वितरण गरेको छ ।

बैङ्कले यस अवधिमा नेपाल भर १४ वटा शाखा कार्यालय र १३ वटा एटीएम मार्फत बैंकिङ कारोबार गरी ४४ हजार भन्दा बढी ग्राहकहरुलाई सुबिधा प्रदान गरिरहेको छ । यस बैङ्कले गत २०७२ असार मसान्त सम्ममा कुल रु.५ अर्व २० करोडको निक्षेप संकलन तथा कुल रु. ४ अर्व ४८ करोड कर्जा लगानी गरेको छ ।

साथै आ.व. २०७१\०७२ मा कुल संचालन मुनाफा १५ करोड २ लाख आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL