Logo

मुक्तिनाथ बैंकले सिभिक बैंक किन्ने, विकास बैंकमा स्तरोन्नतिको प्रस्ताव पारित

मुक्तिनाथ बैंकले सिभिक बैंक किन्ने, विकास बैंकमा स्तरोन्नतिको प्रस्ताव पारित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

३ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सिभिक डेभलपमेन्ट बैंक किन्ने (एक्वायर गर्ने) भएको छ । मुक्तिनाथको आइतबार सम्पन्न विशेष साधारण सभाले धादिङमा मुख्य कार्यालय रहेको सिभिक किन्ने अन्तिम सहमतिको प्रस्ताव पारित गरेको हो ।

मुक्तिनाथ बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछी सिभिक बैंक किन्ने बताइएको छ । यससँगै साधारणसभाले मुक्तिनाथ राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभामा बैंकले अर्थमन्त्री डा रामशरण महतलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न १० लाख ७ हजार ७७ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL