Logo

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई ५ प्रतिशत लाभांस पारित

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई ५ प्रतिशत लाभांस पारित



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको आईतबार बसेको १९ औं वार्षिक साधारण सभाले आफ्नो चुक्ता पुँजीबाट ५.२६३ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

laxmi

बैंकको हाल चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार रुपैयाँ बराबर छ । यसमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२३६ प्रतिशतले हुन आउने ८५ लाख ९८ हजार ९ सय २५ रुपैयाँ कर भुक्तानी प्रयोजनका लागि नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

यस्तै बैंकको बार्षिक साधारण सभाले वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL