Logo

९ अंकले बढ्यो सेयरबजार, छ अर्ब १७ करोडको कारोबार

९ अंकले बढ्यो सेयरबजार, छ अर्ब १७ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा ९.१६ अंकले बढ्दै २७ सय ७० को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय २० कम्पनीका १ करोड ५२ लाख २९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ नाघेको छ ।
आज कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा १ सय ७५ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।
आज कारोबारमा आएकामध्ये म्युचुअल फण्ड र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्