Logo

महान्यायाधिवक्ताको कार्यालयमा आगजनी, संसद भवनसम्म फैलियो आक्रोश

महान्यायाधिवक्ताको कार्यालयमा आगजनी, संसद भवनसम्म फैलियो आक्रोश



काठमाडौं । जेनजी पुस्ताका युवाहरूले मंगलबार भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका छन्। आक्रोशित प्रदर्शनकारीले केही समयअघि संसद भवनमा समेत आगो लगाएका थिए।

लगातार आगजनी र तोडफोडसँगै राजनीतिक असर पनि देखिएको छ। राप्रपा र रास्वपाका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्