Logo

नबिल बैंकले ६ महिनामा कमायो २ अर्ब १८ करोड, वितरणयोग्य नाफा १ अर्ब ४५ करोड

नबिल बैंकले ६ महिनामा कमायो २ अर्ब १८ करोड, वितरणयोग्य नाफा १ अर्ब ४५ करोड



काठमाडौं । नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आफ्नो दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्दै गत आवको सोही अवधिको तुलनामा यस्तो नाफा ८ दशमलव २० प्रतिशतले बढाउँदै २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएको जानकारी दिएको हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ३५ दशमलव १३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ८ दशमलव ६० प्रतिशतले बढेर ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ५८ करोड ८६ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL