Logo

चैत मसान्तमा बैंकको किस्ता र ब्याज तिर्न नपर्ने, अर्थले जारी गर्यो ९ बुँदे निर्देशन

चैत मसान्तमा बैंकको किस्ता र ब्याज तिर्न नपर्ने, अर्थले जारी गर्यो ९ बुँदे निर्देशन



काठमाडौं । चैत मसान्तमा बैंक तथा वित्तीयसंस्थाबाट लिएको कर्जाको किस्ता र ब्याज भुक्तानी गर्न पर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था गरेको हो ।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी सरकारले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न विद्युतीय उपकरणको प्रयोग गरी भुक्तानी गरिने दस्तुरमा छुट दिने भएको छ ।

यसैगरी सो बैंठकले भुक्तानी प्रणालीलाई चुस्त बनाई आपूर्ति व्यवस्था समेत सहज बनाउने नियर्ण समेत गरेको छ ।

सो बैठकले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा निर्णय गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL