Logo

अब ७० बर्षको उमेरसम्म बैंकको संचालक हुन पाईने, संसदमा दर्ता भयो ऐन संशोधन विधेयक

अब ७० बर्षको उमेरसम्म बैंकको संचालक हुन पाईने, संसदमा दर्ता भयो ऐन संशोधन विधेयक



काठमाडौं । अब बैंक संचालकको उमेरहद ७० बर्षको हुने भएको छ । यसअघि बैंक संचालको उमेरहद नतोकिँदा असहज भएको भन्दै प्रतिनिधिसभामा दर्ता गरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो ।

laxmi

अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयकको बिहीबार प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

बिहीबार नै दर्ता भएको ऐन संशोधन विधेयकमा २५ वर्ष उमेर पूरा भएको र ७० बर्ष ननाघेको हुनुपर्ने प्रावधान छ ।

‘२५ वर्ष पूरा नभएको र ७० वर्ष उमेर नाघेको’ व्यक्ति बैंकको सञ्चालक हुन अयोग्य हुनेछ ’ ऐनको दफा १८ को उपदफा १ मा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL