Logo

Global_Ime

राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्न हदैसम्म प्रयास गरेको छ : डेपुटी गभर्नर मिश्र

राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्न हदैसम्म प्रयास गरेको छ : डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्न हदैसम्म प्रयास गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Laxmi_sunrise
Kumari

‘उद्योगले ब्याज बढी भयो भनिरहँदा राष्ट्र बैंकले नियन्त्रण गर्न हदैसम्म प्रयास गरेको छ । राष्ट्र बैंकले नचाहेको भए अहिले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुग्न सक्थ्यो । र, भर्खरै परिपत्र जारी गर्दै आधार दर महिनैपिच्छे घटाउनुपर्ने व्यवस्था गरेका छौं,’ मिश्रले भने ।

जैविक पर्यावरण झैं उद्यमशीलता र अर्थतन्त्रको आफ्नै पर्यावरण हुन्छ जहाँ एकअर्काको हितका लागि साथको आवश्यकता रहेको बताउँदै डेपुटी गभर्नर मिश्रले यो पर्यावरण जोगाउन नेपाल राष्ट्र बैंकले अर्थतन्त्र जोखिमका बेला अंगिकार गरेको नीतिका कारण थप संकट निम्तनबाट जोगिएको बताए । । विदेशी मुद्रा सञ्चिति रित्तिन लागेका बेला आयातमा नगद मार्जिनको व्यवस्था गरेको पनि उनले उल्लेख गरे ।

‘निर्यातमुखी उद्योगहरुका हकमा सरकारले नगद अनुदानको व्यवस्था गरेको छ । अब यो लाभ बैंकबाटै पाउने व्यवस्था गर्न लागेका छौं । यस्तै कुल राष्ट्रिय बचत न्यून रहेको अवस्थामा ग्रिन फाइनान्सिङलाई थप सजिलो बनाउँदै लेखांकनका लागि मात्र राष्ट्र बैंक आउनुपर्ने व्यवस्था गर्न लागेका छौं । प्रत्यक्ष विदेशी लगानी भित्र्याउँदा हुने जस्तोसुकै समस्या सहजीकरण गर्न केन्द्रीय बैंक तयार छ भन्ने प्रतिबद्धता गर्न चाहन्छु’, उनले भने ।

मिश्रले उद्योगी व्यवसायी र अर्थतन्त्रको हिततका लागि सरकार र राष्ट्र बैंक सँगसँगै रहेको बताउँदै समस्या गम्भीर हुँदा सजगतापूर्वक कसिलो व्यवस्था गरेको उल्लेख गरे । उनले अहिले मौद्रिक नीति समीक्षामार्फत राष्ट्र बैंक सहजतापूर्व लचिलो भएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC