Logo

आन्तरिक रेमिटान्समा हुण्डी कारोबार बढेपछि राष्ट्र बैंकको कसी, रेमिट कम्पनीलाई उद्देश्यअनुरुप काम गर्न निर्देशन

आन्तरिक रेमिटान्समा हुण्डी कारोबार बढेपछि राष्ट्र बैंकको कसी, रेमिट कम्पनीलाई उद्देश्यअनुरुप काम गर्न निर्देशन



काठमाडौं । पछिल्लो समय आन्तरिक रेमिटान्समार्फत पठाईने पैसाबाट हुण्डी कारोबार भएको निष्कर्षसहित राष्ट्र बैंकले कडाई गरेको छ । विशषेगरी आन्तरिक रुपमा रेमिटान्स कम्पनीमार्फत पठाएको रकम वास्तविक उद्देश्यअनुरुप लगानीभन्दा पनि हुण्डीमा प्रयोग हुने गरेको राष्ट्र बैंकको निष्कर्ष रहेको छ ।

laxmi

राष्ट्र बैंक स्रोतका अनुसार विभिन्न अनुसन्धानका आधारमा आन्तरिक रुपमा रेमिटान्स कम्पनीमार्फत आदनप्रदान गरिने रकम नेपालभित्रै लगानीभन्दा पनि हुण्डीमार्फत बाहिरिने गरेको छ । पछिल्लो समय त्यसरी अन्तरिक रुपमा रेमिटान्समार्फत पठाईने रकमले अनौपचारिक अर्थतन्त्रलाई बढी सहयोग गरेको निश्कर्ष सहित यसअघि हुँदै आएको १ लाख रुपैयाँको सीमालाई घटाउँदै २५ हजार रुपैयाँमा झारेको छ ।

रेमिटान्स कम्पनीको मुख्य उद्देश्य नेपालभित्रै रेमिट कारोबार गर्ने नभई विदेशबाट नेपालमा विदेशी मुद्रामा रेमिटान्स भित्र्याउने भएकाले आन्तरिक कारोबारको सीमा घटाईएको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेले बताए ।

‘अहिले हरेक स्थानीय तहमा बैंक वित्तीय संस्था पुगिसकेका छन् भने नेपालभित्रै पैसा ट्रान्सफर गर्नका लागि इन्टरनेट बैंकिङदेखि कनेक्ट आईपीएसहरु संचालनमा छन्,’ उनले भने, ‘तसर्थ सम्बद्ध रेमिट कम्पनीलाई आफ्नो उद्देश्य अनुरुप काम गर्नका लागि आन्तरिक रेमिटान्स कारोबारको सीमा घटाएका हौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL