Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप, सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप, सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ‘पैसा पठाउने’ एप ल्याएको छ । उक्त एपमार्फत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंक जनाएको छ ।

laxmi

भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट २४ घण्टा नै यो एपमार्फत नेपाल पैसा पठाउन सक्नेछन् । पैसा पठाउने एप सुरक्षित, छिटो र सजिलो भएको भएको बैंकको भनाइ छ । यो एपबाट भारतमा विदाको दिनमा पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिनेछ ।

पैसा पठाउने एप डिजिटल मोबाइल पेमेन्ट प्लेटफर्म हो । उक्त एपलाई भारतको केन्द्रीय बैंकले अनुमति दिएको छ ।

उक्त एप मार्फत भारतमा रहेका नेपालीले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन पाउन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL