Logo

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोशाक वितरण

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोशाक वितरण



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

laxmi

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नपा–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ ।

सिद्धार्थनगर न।पा। वडा नं ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकलाई पोशाक वितरण गरेको उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL