Logo

Global_Ime

सिद्धार्थ बैंकको सामाजिक उतरदायित्व, सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

सिद्धार्थ बैंकको सामाजिक उतरदायित्व, सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखा स्थित फ्रेन्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेन्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरे ।

laxmi bank orange saving
NABIL

बैंकबाट प्राप्त सो रकम फ्रेन्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका वडा नं १, केराबारी स्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ ।

विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हँुदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पुर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc