Logo

विदेशी लगानीका नेपालमा सञ्चालित कम्पनीलाई विदेशबाट ऋण ल्याउन सहज, ऋण लिनैपर्ने आवश्यकता भने पुष्टि गर्नुपर्ने

विदेशी लगानीका नेपालमा सञ्चालित कम्पनीलाई विदेशबाट ऋण ल्याउन सहज, ऋण लिनैपर्ने आवश्यकता भने पुष्टि गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी निर्देशन संशोधन गरेको छ । योसँगै विदेशी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरुलाई विदेशबाट ऋण ल्याउन सहज हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले त्यस्ता कम्पनीहरुले आफ्नै लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण दिन चाहेमा त्यसलाई सहजीकरण गर्नेगरी विदेशी विनिमयसम्बन्धी निर्देशनलाई संशोधन गरेको हो ।

विदेशी लगानीका त्यस्ता कम्पनीहरुले नेपाली बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त ऋण नपाएमा वा ऋण पाएर पनि महँगो भएमा त्यसको विस्तृत विवरण खुलाएर ऋण भित्र्याउने प्रस्ताव गरेमा यस्तो ऋण ल्याउने बाटो खुला गर्ने नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनमा उल्लेख गरिएको छ । त्यसरी ल्याउने ऋण भने बैंकिङ च्यानलबाटै आउनुपर्ने व्यवस्था गरिएको छ ।

नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । २०७६ सालको एकीकृत परिपत्र संशोधन गर्दै राष्ट्र बैंकले नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी या व्यक्तिबाट ऋण लिँदा नेपाली बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुन नसकेकोबारे विस्तृत जानकारी खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

‘विदेशबाट लगानी भित्र्याउने भनिएको कम्पनीले नेपालकै वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परिमाण र ब्याजदरमा लिन नसक्ने अवस्था सिर्जना भएको कुरा निवेदनमा विस्तृतरूपमा उल्लेख गर्नुपर्नेछ’, राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

यस्तै विदेशी लगानीकर्ताले प्रवाह गरेको ऋणको हकमा नेपालमा पुँजी शेयरमा रहेको ६० प्रतिशतभन्दा धेरै ऋण दिन पनि पाउने छैनन् । ऋणबापतको रकम सम्बन्धित कम्पनीले उद्योगको तोकिएको क्षेत्रमा मात्रै उपयोग गर्न पाउने पनि राष्ट्र बैंकले जनाएको छ । यस्तै विदेशबाट ऋण लिनै पर्ने आवश्यकता रहेको पुष्टि पनि कम्पनी वा उद्योगले गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This