Logo

कामना सेवा विकास बैंकको १४औं साधारणसभाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित

कामना सेवा विकास बैंकको १४औं साधारणसभाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको चुक्ता पुँजी २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११,१७,६८,३७९.५७ बोनस सेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८,८२,५४६.२९ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कूल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैंकले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक जी.पी. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पुन नियुक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL