GBIME

सनराइज बैंकको साधारणसभाबाट लाभांश प्रस्ताव पारित, चुक्ता पुँजी नौं अर्ब ४८ करोड नाघ्यो


बिजखबर संवाददाता
9 January, 2021 1:02 pm

sunrise_agm

काठमाडौं । सनराइज बैंक लिमिटेडले चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस सेयर र २.४८प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

NLIC
LAXMI

बैंकको १३ औं वार्षिक साधारण सभाले सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको २.४८प्रतिशत का दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसा वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको हो ।

२०६४ साल असोज २५ मा स्थापना भएको सनराइज बैंकको हाल चुक्ता पुँजी आठ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुँजीमा बृद्धि भई नौं अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL