Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, सुर्खेतमा न्यानो कपडा वितरण

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, सुर्खेतमा न्यानो कपडा वितरण



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १४ औं बार्षिकोत्सवको अवसरमा न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैकको विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो । बंैकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका छन् ।

ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पुर्याउने उद्देश्यकासाथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ ।

यसका साथै, ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ सीडिएस एन्ड क्लियरिङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ७ सय ९६ भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL