Logo

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा शर्मा, गभर्नरसमक्ष लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा शर्मा, गभर्नरसमक्ष लिए पद तथा गोपनीयताको शपथ



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम अध्यक्ष शर्माले सपथ लिएका हुन् ।

बैंक संचालक समितिको बिहिबार बसेको बैठकले शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् ।

शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL