Logo

सनराइज बैंक र होटल भिभान्त काठमाडौंबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

सनराइज बैंक र होटल भिभान्त काठमाडौंबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

यसैक्रममा बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्त काठमाडौंमा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले होटल भिभान्त काठमाडौं को मिन्ट र। अकारी रेष्टुराँमा खाना र बेबरेजको सन्राइज बैंकको क्रेडिट तथा डेबिट कार्डमार्पmत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL