GBIME

एभरेष्ट बैंकद्वारा चितवनको हाकिम चोकमा नयाँ शाखा सञ्चालन, शाखा संख्या १०० पुग्यो


बिजखबर संवाददाता
2 January, 2021 10:14 am

everest bank

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले हाकिम चौक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ ।

NLIC
LAXMI

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिए ।

यस्तै घोराहीस्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप-महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL