Logo

इटहरीमा एनएमबीको नयाँ शाखा, शाखा संख्या ६९ पुग्यो

इटहरीमा एनएमबीको नयाँ शाखा, शाखा संख्या ६९ पुग्यो


बिजखबर संवाददाता
27
Shares

एनएमबी बैंक लिमिटेडको इटहरी शाखाको आज उद्घाटन भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वाञ्चल अध्यक्ष टङ्क दुलालले सो शाखाको उद्घाटन गरे । साथै उनले शाखाको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गरे।

बैंकको हाल नेपालभर ६९ वटा शाखा सञ्चालनमा छन् । एनएमबी बैंकमा छ सय जना भन्दाबढी कर्मचारी कार्यरत छन् । छ अर्ब २० करोड रुपैयाँ पुँजी रहेको यो बैंकको निक्षेप ५४ अर्ब रुपैयाँ र कर्जा लगानी र ४१ अर्ब रुपैयाँ छ।

यस बैंकको पूर्वाञ्चलको इटहरी, विराटनगर, लहान, धरान र बिर्तामोडमा शाखाहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL