Logo

हिमालयन बैंकले गर्यो लाभांश घोषणा, १४ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत लाभांश दिने

हिमालयन बैंकले गर्यो लाभांश घोषणा, १४ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत लाभांश दिने



काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागिसमेत गरी कुल ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । बैंककले नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार कुल वितरणयोग्य मुनाफाको ३० प्रतिशत बैंकले लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL