Logo

राष्ट्र बैंकद्धारा इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स गाभ्ने अन्तिम स्वीकृति

राष्ट्र बैंकद्धारा इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स गाभ्ने अन्तिम स्वीकृति



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त स्वीकृति दिएको हो ।

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने सम्झौता भइसकेको छ ।

सिटी एक्सप्रेसको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर पाउने छन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने भएसँगै हाल सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार हाल रोक्का छ ।

प्रतिक्रिया दिनुहोस्
MBL