Logo

नबिल बैंकलाई एडीबीले दियो नेपालको अग्रणी पार्टनर बैंकको मान्यता, कारोबार रेकर्डमा अग्रस्थान

नबिल बैंकलाई एडीबीले दियो नेपालको अग्रणी पार्टनर बैंकको मान्यता, कारोबार रेकर्डमा अग्रस्थान



काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।

एशियालि विकास बैंकको (टीएससीएफपी) ले व्यापारलाई बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त बनाउने काम गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा (टीएससीएफपी) संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैंकले छ । नबिल बैंकको १ सय १९ शाखा, १ सय ८५ एटिएम र १ हजार ५ सयभन्दा बढि रेमिट एजेन्टहरु रहेको बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाका साथमा बैंकिङ सेवा दिइरहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL