Logo

स्पर्शलाई ग्लोबल आईएमई लघुवित्तले प्राप्ति गर्न सम्झौता, अकेला र माथेमाले गरे हस्ताक्षर

स्पर्शलाई ग्लोबल आईएमई लघुवित्तले प्राप्ति गर्न सम्झौता, अकेला र माथेमाले गरे हस्ताक्षर



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र पोखरास्थित स्पर्श लघुवित्त वित्तीय संस्थाबीच प्राप्ति, (एक्विजिसन)सम्बन्धी सम्झौता भएको छ । ग्लोबल आईएमई लघुवित्तले स्पर्शलाई प्राप्ति गर्नेगरी मंगलबार साँझ एक कार्यक्रमका बीछ उक्त सम्झौता भएको हो ।

laxmi

ग्लोबल आईएमई लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको १ सय १८औँ वैठकल उक्त एक्विजिसन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार लघुवित्तको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न सकिने अनुमान संस्थाले गरेको छ ।
सोहीअनुसार

ग्लोबल आईएमई लघुवित्तका अख्तियार प्राप्त अध्यक्ष बुद्धि अकेला र स्पर्श लघुवित्त वित्तीय संस्थाका अख्तियार प्राप्त अध्यक्ष प्राडा सुशिल भक्त माथेमाले प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL